नियम १०१
शेयरहोल्डरको मृत्यु भए तापनि निजको नाममा पठाइएको सूचना मान्य हुने
(१) कुनै शेयरहोल्डरको नाममा वा अरू व्यक्तिहरूसँग संयुक्त रूपमा रजिष्टर भई राखेको शेयरको सम्बन्धमा सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा बुझाई दिएको वा हुलाकद्वारा पठाइएको लिखत वा सूचना तत्काल सो शेयरहोल्डरको मृत्यु भई त्यसको सूचना कर्पोरेशनले पाए वा नपाए तापनि निजको ठाउँमा अरू व्यक्तिको नाम शेयरहोल्डर वा संयुक्त शेयरहोल्डरको हैसियतमा रजिष्टर भै सकेकोमा बाहेक रीतपूर्वक पठाइएको मानिनेछ । त्यसरी पठाईएको सूचना वा लिखतलाई यो ऐनको प्रयोजनको निमित्त निजको हकवाला, निजको प्रतिनिधि र त्यस्तो शेयरसँग संयुक्त रूपमा सरोकार भएका व्यक्तिहरू सबैलाई पठाइएको मानिनेछ ।
(२) उपनियम (१) बमोजीम कर्पोरेशनले दिने सूचनामा सहिछाप पनि गरिनेछ ।